मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष ओलीले पार्टीको निर्देशन मान्नैपर्ने झम्सिखेल भेलाको निष्कर्ष

अध्यक्ष ओलीले पार्टीको निर्देशन मान्नैपर्ने झम्सिखेल भेलाको निष्कर्ष


ललितपुर– नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने निष्कर्ष निकालेका छन्।

बुधबार झम्सिखेलमा भेला भएका ३० जना नेताले अध्यक्ष ओलीलाई पार्टीको निर्देशन मान्न बाध्य बनाउने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य भीम रावलले भेलामा अधिकांश मन्त्रीसमेत सहभागी भएको जानकारी दिए।

पछिल्ला दिनमा सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल ओलीले सरकार र पार्टी अध्यक्ष दुवै छोड्नुपर्ने बताउँदै आएका छन्। – नेपाल समय