मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा ८० करोड जनालाई निःशुल्क खाना

भारतमा ८० करोड जनालाई निःशुल्क खाना


भारतमा आगामी पाँच महिनामा कम्तीमा पनि ८० करोड नागरिकलाई निःशुल्क खाना दिने आयोजनाको घोषणा गरिएको बताइएको छ। सो कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज घोषणा गर्नुभएको बताइएको छ।

सो कार्यक्रमको नाम ‘प्रधानमन्त्री गरिब कल्याण अन्न योजना’ राखिएको छ। त्यस कार्यक्रमअनुसार भारतका ८० करोड जनतालाई आगामी पाँच महिनासम्म, नोभेम्बरको अन्तिमसम्म निःशुल्क रुपमा खाना खानेगरी सो कार्यक्रमको घोषणा गरिएको हो ।

त्यस कार्यक्रम गएको अप्रिल महिनादेखि नै भारत सरकारले सञ्चालन गरेको थियो। कोरोना भाइरसले गर्दा समस्यामा परेका गरिब व्यक्तिहरुका लागि यो कार्यक्रम घोषणा गरिएको हो। 

प्रधानमन्त्रीले आज त्यहाँको टेलिभिजनबाट सम्बोधन गरेर आगामी पाँच महिनाका लागि सो कार्यक्रम थप गर्ने बताउनुभएको हो। यस कार्यक्रमार्फत भारतका गरिब जनता र कोरोना भाइरसको संक्रमणबाट रोजगारी गुमाएर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पु¥याइने भारत सरकारले जनाएको छ। – रासस