मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु बजेट अधिवेशन अन्त्य गरेकी छन्। आज मध्याह्न १२ बजे बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

राष्ट्रपतिले सरकारको निर्णयमा हस्ताक्षर गरेसँगै दुवै सदनको चालु अधिवेशन आजैदेखि अन्त्य भएको छ। बैशाख २६ गतेदेखि सुरु भएको संसदको अधिवेशनले संविधान संशोधन विधेयक र आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरेको छ।

निकै महत्त्वपूर्ण मानिएका नागरिकतासम्बन्धी विधेयक र निजामती कर्मचारी विधेयक अन्तिम चरणमा आएर रोकिएको छ। नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग सम्झौता एमसीसी पनि संसदीय अनुमोदनको पर्खाइमा थियो। – नेपाल समय