मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपालाई दुई तिहाइको सरकार नपचेको जस्तो छ : बाबुराम भट्टराई

नेकपालाई दुई तिहाइको सरकार नपचेको जस्तो छ : बाबुराम भट्टराई


जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपालाई दुई तिहाइको सरकार नपचेको टिप्पणी गरेका छन्।

सत्तारुढ दल नेकपाभित्रको किचलो र संसद् अधिवेशन अन्त्यलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।

भट्टराईले ट्विट गरेका छन्, ‘कुनैकुनै प्रणीलाई घिउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुई तिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो, सबै सजग रहौं र खबरदारी गरौं। यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’