डडेल्धुरा ।
नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा स्थापना गरिएको पीसीआर मेसिनमा हिजो परीक्षण गरिएका १३ वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।
डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले हिजो राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
पीसीआर मेसिन सञ्चालनमा आएपछि यो यो पहिलो रिपोर्ट हो ।
ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । – नेपाल समय
प्रतिक्रिया