पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी आफैंले ट्विट गरेर यो जानकारी दिएका हुन्।
उनले ट्विट गरेका छन्, ‘अपरान्ह हल्का ज्वरो आएको महसुस भयो। त्यसपछि तुरुन्तै आफूलाई होम क्वारेन्टिनमा राखेँ।
परीक्षण गर्दा कोभिड–१९ पुष्टि भयो। म कमजोर भएको छैन, झन् बढी मजबुत र ऊर्जावान महसुस गरिरहेको छु। आफ्नो जिम्मेवारी पूरा गरिराख्नेछु।’
प्रतिक्रिया