मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिर्पाेट आउन ढिलाई हुदाँ समुदाय नै जोखिममा

रिर्पाेट आउन ढिलाई हुदाँ समुदाय नै जोखिममा


गीता कुँवर, अछाम

जिल्लामा अहिले १ हजारको संख्यामा क्वारेन्टाइनमा बसेका छन् । स्थानीयतहहरुले विद्यालयमा बनाएका क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई राखिएको छ । भारतबाट आएकाहरुलाई १४ दिन नभए बढीमा २१ दिन क्वारेन्टाइनमा राख्ने गरी स्थानीयतहहरुले व्यवस्था मिलाएका छन् ।

चैत र बैशाखको महिना खाली रहेका यहाँका क्वारेन्टाइन लकडाउनका कारण भारतमा रोजगार गुमाएकाहरु आउन थालेपछि भरिभराउ भए । स्थानीय तहलाई क्वारेन्टाईन सम्हाल्नै मुस्किल भयो । क्वारेन्टाइनमा थेग्न नसकेपछि स्थानीयतहले आरडिटी परिक्षण गर्दे घर पठाएका छन् । पिसिआर रिर्पाेट ढिलो आउन थालेपछि कतिपय क्वारेन्टाइनबाट भाग्न थालेका छन् भने कतिपय स्थानियतहले आफै घर पठाउन थालेका छन् । घर पठाईएका अधिकाशको पिसिआर रिर्पाेट पोजेटिभ आउने गरेको छ । यसले गर्दा सिगो समुदाय नै सक्रमणको जोखिममा छ ।

क्वारेन्टाइनमा बसेको डेढ महिना पुग्दा पनी पिसिआर रिर्पाेट नआएको भन्दै क्वारेन्टाइनबाट भाग्न थालेका छन् । शुक्रवार क्वारेन्टाइनबाट भागेका साँफेबगर नगरपालिका २ का १२ जनाको पिसिआर रिर्पाेट पोजेटिभ आएको छ । उनीहरुलाई पुन प्रहरीको सहयोगका जर्बरजस्ती क्वारेन्टाइनमा ल्याएर राखिएको वडाध्यक्ष कालु सिँ कुँवरले बताए । उनले भने ‘क्वारेन्टाइनमा बसेको ४२दिन पुग्यो, रिर्पाेट कहिले आउने हो अत्तोपत्तो हुदैन, क्वारेन्टाइनमा बसेकाहरुलाई सम्हाल्नै मुस्किल छ। केहि बोल्यो भने कुट्न समेत आउछन् ।’

अछामका दुई वडाध्यक्षलाई समेत कोरोना पुष्टि भएको छ । क्वारेन्टाइन व्यवस्थामा जुटेका वडाध्यक्षलाई संक्रमण पुष्टि भएको हो । परिक्षणका लागी असार ५ गते स्वाब संकलन गरि पठाईएकोमा रिर्पाेट असार १५ गते मात्र आएको वडाध्यक्षले बताए । उनले भने‘ १० गते नगरसभामा सहभागी भए, वडाका अन्य कामहरुमा समेत सहभागी थिए, रिर्पाेट असार १४ गते कोरोना पुष्टि भएको रिर्पाेट आयो, अहिले विद्यालयको क्वारेन्टाइनमा बनाईएको आईसोलेशनमा छु, रिर्पाेट आउन ढिलाई हुदा समस्या भएको छ ।’

बान्नीगढी जयगढ गाउँपालिकाका घर गएका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आरडीटी पोजेटिभ देखिएपछि गाउँपालिकाका २९ जनाको स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो। असार १९ गते स्वास्थ्य मन्त्रालयले गाउँपालिकाका २९ जनामा कोरोना भाइरस पुष्टि भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो। सबै संक्रमितहरू डेढ महिनाअघि भारतबाट घर फर्किएका थिए। क्वारेन्टाईनमा बसेको डेढ महिनासम्म पनी कुनै लक्षण नदेखिएपछि जिल्ला स्वास्थ र प्रदेशको निर्देशिका अनुसार पिसिआरका लागी स्वाब सकलन गरी घर पठाईएको गाउँपालिकाका स्वास्थ शाखा प्रमुख बसन्त रावलले बताए । उनले भने‘ १४ दिनपछि रिर्पाेट पोजेटिभ आयो,क्वारेन्टाइनमा बसेकाहरुले रिर्पाेट देउ नभएर घर जान देउ भनेर हैरान गर्नथाले, रिर्पाेट ढिलो गरी आउन थाल्यो, क्वारेन्टाइनमा बस्नै मान्दैनन्, सम्झाई बुझाई गर्न गार्हो छ ।

रिपोर्ट नआउँदै घर पठाएको शनिबार संक्रमितका आफन्तले गाउँपालिकामा प्रदर्शन गरेका छन्। समुदायमा जोखिम बढाएको भन्दै उनीहरुले गाउँपालिका घेराउ गरेर प्रदर्शन गरेका हुन। संक्रमित पुष्टि भएर स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा निर्माण गरिएका आइसोलेशनमा राख्ने गरिएको छ । स्वास्थ्यमा समस्या आएमा जिल्ला अस्पतालमा ल्याएर उपचार गरिने स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले बताए । संक्रमित हुनेमा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको बताइएको छ । शनिवार साझसम्म जिल्लामा संक्रमितको संख्या ५ सय ५६ पुगेको छ । भने ४८ जना निको भएर घर फकिएका छन् । दुई जना वडाध्यक्ष र एकजना स्वास्थकर्मीमा समेत कोरोना पुष्टि भएको छ । एक जनाको कोरोनाका कारण मुत्यु भईसकेको छ ।