मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको नेकपाको आरोप

पञ्चदेवल नगरपालिकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको नेकपाको आरोप


माधब तिमिल्सैना, अछाम

नेपाल कम्युुुुुुनिष्ट पार्टी नेकपा पञ्चदेवल विनायक नगरकमिटिले आज नगरपालीकामा ध्यानाकर्षण पत्र बुझाएको छ । ८ बुधे माग राख्दै नगरप्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

विधि विधान र लोकतान्त्रिक मान्यताका साथ सवै चल्नु पर्ने र देश लाई शुशासन समृद्धि तिर लग्नुपर्ने भन्ने कुरामा नेकपा प्रतिबद्ध रहेको छ । राज्यका सम्बन्धित निकायमा समन्वय, सहकार्य गरी जनजिविकाको सवालमा निरन्तर आवाज उठाईरहेका छौ । ध्यानाकर्षण पत्रमा भनिएको छ ।”

साथै यस प.वि.न.पा मा जनजिविकाका सवाल शिक्षा स्वास्थ्य लगायतका विषयमा नेकपाले पटक पटक दवाव दिइरहेको तर जनताका आवश्यक माग लाई संबोधन गर्नुको सट्टा नगरपालीकाको नेतृत्व गैरजिम्मेवार,उदासिन र निरिह बनेका कारण जनता निराश छन ।

नागरीकको स्वास्थ्य संकटमा छ मनोमानि र भ्रष्टचार चुलिदै गईरहेको छ । यस प्रति हामी दुख व्यक्त गर्दछौ ।”नगरकमिटि अध्यक्ष नितेश कुमार रिमालद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।” ८ बुधे माग राख्दै नगरप्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

कोरोना पिसिआर पोजेटिभ हरुलाई आइसोलेसनमा राखि तत्काल उपचारको व्यवस्था मिलाइयोस , बाढिपहिरो बाट पिडित हरुलाई राहतको व्यवस्था गरी दृर्घकालीन समाधान गर्न बजेट विनियोजन, कोरोना व्यवस्थापनमा भएको खर्च पारर्दशि रुपमा सार्वजनिक, बिकासे योजनामा हुने भ्रष्टचार लाई नियन्त्रण गर्न प्रभावकारी अनुगमन र नियन्त्रण, प्रदेश सरकार मार्फत विनियोजन भएका समपुरक अनुदान योजना लाई ईमान्दारीता पुर्वक कार्यन्वयन, नगरपालीकाको कार्यालय निर्माणका लागी तत्काल पहल, DPR को नाममा हुने अनियमित्ता बन्द गरीयोस लगायतका मागहरु राखिएको छ ।

साथै तिनदिन भित्र मागबारे सुनुवाई नगरीए शशक्त आन्दोलन गरीने र आन्दोलन बाट उत्पन्न परिस्थीतिको जिम्मेवार नगरपालीका नै हुनुपर्ने चेतावनी दिइएको छ ।