एजेन्सी – भारत विश्वकै तेस्रो धेरै कोरोना संक्रमित भएको मुलुक बनेको छ। अमेरिका र ब्राजिलपछि अब सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा भएका छन्।
भारतमा गत तीन दिनमा कीर्तिमान स्तरमा नयाँ संक्रमितको संख्या लगातार बढेको थियो।
भारतीय स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार त्यहाँ कुल संख्या करिब ६ लाख ९० हजार पुगेको छ।
आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ संक्रमित थपिएका थिए। भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख १९ हजार पुगेको छ।
प्रतिक्रिया