मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिवेशन निर्धारित मितिमै, तल्ला तहको तालिका मात्रै परिमार्जन

कांग्रेस महाधिवेशन निर्धारित मितिमै, तल्ला तहको तालिका मात्रै परिमार्जन

आन्तरिक संरचनाहरुको समायोजन साउन १० भित्रै


आन्तरिक संरचनाहरुको समायोजन साउन १० भित्रै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्‍न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको छ । 

असार १४ गतेको पदाधिकारी बैठकले तयार गरेको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिएका छन् । पार्टीको आन्तरिक संरचनाहरुको समायोजन साउन १० भित्र सक्ने निर्णय गरेको पौडेलले बताए ।

महामन्त्री पूर्णबहादुर खड्काले केही दिनअघि केन्द्रीय कार्यसमितिमा बैठकमा कार्यतालिका संसोधनको खाका पेश गरेका थिए । प्रस्तावमध्ये पार्टीको आन्तरिक संरचान समायोजन गर्ने मितिबाहेक सबै यथावत राखेर सोमबारको बैठकले निर्णय गरेको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय अधिवेशन पूर्वनिर्धारित मिति फागुन  ७, देखि १० गतेसम्म हुनेछ । कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पुर्‍याएको छ । 

संशोधित कार्यतालिका अनुसार पुस ८ गते, गाउँ-नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रका अधिवेशन पुस १३ गते गरिने छन् । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन पुस १३ हुने तय गरिएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन पुस १६ र प्रदेश अधिवेशन माघ ६ गते हुने गरी परिमार्जित कार्यतालिका सार्वजनिक गरिएको छ । – बारह्खरी