मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना भाइरस संक्रमण

ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना भाइरस संक्रमण


दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएको छ। ब्राजिलियन टिभी च्यानलमा उनी आफैंले यो कुराको पुष्टि गरेका छन्।

लक्षणहरु देखिएपछि उनले सोमबार कोरोना भाइरस परीक्षण गराएका थिए। यो उनको चौथो कोरोना परीक्षण थियो। उनलाई ज्वरो आएपछि कोरोनाभाइरस परीक्षण गरिएको थियो।

केही समयअघि उनी सार्वजनिक स्थलमा बिना मास्क देखिएका थिए। उनको समर्थनमा आयोजित एक र्‍यालीमा उनले समर्थकहरुसँग अंकमालसमेत गरेका थिए।

कोरोना भाइरसबाट अति प्रभावित सूचीको दोस्रो स्थानमा छ ब्राजिल। त्यहाँ कोरोनाबाट मर्नेको संख्या ६५ हजार नाघिसकेको छ। १६ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन्।

–सीएनएन