मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली – प्रचण्ड टकराव : नेकपाको स्थायी समिति बैठक फेरि सर्‍याे

ओली – प्रचण्ड टकराव : नेकपाको स्थायी समिति बैठक फेरि सर्‍याे


काठमाडौं- नेकपाको स्थायी समिति बैठक लगातार दोस्रो पटक स्थगित भएको छ । आज (बुधबार)का लागि डाकिएको बैठक अकस्मात स्थगित गरिएको हो ।

यसअघि असार २२ गते डाकिएको बैठक आजका लागि सारिएको थियो । दुई अध्यक्षबीच सहमति जुटाएर असार २४ गते बैठक बस्ने भनिए पनि आज अकस्मात बैठक स्थगित गरिएको हो ।

अब असार २६ गते बैठक बस्ने नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालका सल्लाहाकार विष्णु रिजालले जानकारी दिए । उनले ट्विटरमा लेखेका छन्– नेकपा स्थायी समितिको आज ११ बजे बस्ने तय भएको बैठक असार २६ गते ११ बजे बस्ने गरी स्थगित भएको छ ।

दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको हो । दुई अध्यक्ष लगातार छलफलमा जुटेपनि दुबै जना आफ्नो अडानबाट पछि हटेका छैनन् ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु कुनै पनि हालतमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् भने ओली राजीनामा नगर्ने पक्षमा छन् । यहि टकरावका कारण नेकाप भित्रको विवाद पेचिलो बन्दै गएको छ । – नेपाल समय