मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या १६५३१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६५३१ पुग्यो


काठमाडौं- नेपालमा कोरोना संक्रमितको दर घट्दै गएको छ। पछिल्ला दिनमा घट्दै गएको संक्रमण दर बिहीबार न्यून संख्यामा झरेको हो।

देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ५३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ५८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशका विभिन्न क्वारेन्टिनमा २४ हजार ४२५ जना बसिरहेका छन् भने कोरोना संक्रमण पुष्टि भएर हाल ८ हजार ६०५ जना व्यक्ति विभिन्न ठाउँका आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन् भने हालसम्म ७ हजार ८९१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। – नेपाल समय