काठमाडौँ – सरकारले भोलि देखि सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। केही मापदण्ड राखेर आंशिक रुपमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उनले काठमाडौं उपत्यकाभित्रका तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको जानकारी दिए।
अन्य जिल्लामा भने सम्बन्धित जिल्लामा मात्र सवारीसाधन चलाउन पाइनेछ।
सार्वजनिक सवारीमा ५० प्रतिशत सिटमा मात्र यात्रु राख्न पाउने, चालक, सहचालक तथा सबै यात्रुले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने, सवारीसाधन दैनिक निःसंक्रमण गर्नुपर्ने लगायत मापदण्ड सरकारले तोकेको छ। – नेपाल समय
प्रतिक्रिया