- लक्ष्मण साउद
जिवनमा अथाह प्रगति गर्ने अनि ठूलो बन्ने रहर जो कोहि व्यत्तिलाइ हुन्छ ,चाहे उ झुपडीको धनको गरिब होस वा महलको मालिक नै। जीवनका लामा छोटा यात्रा को एक प्रयासरत यात्रि बन्दै जान्छ , अनि उसलाई विभिन्न क्षेत्रमा विभिन्न पदवि थमाइदिन्छन।जस्तो पढदै गर्दा विद्यार्थी ,हिड्दै गर्दा बटुवा,पर्वत अारोहण गर्दा पर्वतारोहि, खेल्दैगर्दा खेलाडी थुप्रै पदवि। तर बाध्यता परिस्थिति र समयले गर्दा घोषित लक्ष्य हरु अल्पायुमै त्यागनुपर्ने हुन्छ।अर्थात उसले आफ्नो यात्रालाइ रोक्नुपर्छ बिचमै छोडनु पर्छ। यस्तो भइरहदा हामिले हिडेको आधि बाटो पुरै भत्केको त छैन नि ?
यतिन्जेलसम्म बाटोका छातिमा अौलाको डोब परेको हाम्रो होइन र ? **यति सजिलै विर्सिदिने -गणित सरले कक्षा नौ(९) मा चक्रिय ब्याज निकाल्नका लागि गाउका साहुको सम्पति मापन गरेको त्यो पल। – विद्यालयको खेलमैदानको चौडाइ x मिटर लम्बाइ y मिटर भन्दै फित्ता बित्ता र डोरिले नाप्दै यति धुर, यति कट्टा ,यति रोपनि, यति विगाहा भन्दै हिसाब गरेको त्यो पल। -रामले एक रोपनि खेत खन्न दुई दिन लगाउछ भने सोही खेत खन्न सीता र गिताले कति दिन लगाउछन भन्दै हिसाब गरेको त्यो पल। – रामले एउटा कलम रु सयमा किनेर रु एक सय पाचमा हरिलाइ बेच्दा कति प्रतिशत नाफा हुन्छ र सोही कलम रु नब्बे मा बेच्दा कति प्रतिशत नोक्सान हुन्छ भनी हिसाब गर्दाको त्यो पल।
– अण्डाकार , घनाकार, बेलनाकार, थुप्रैको क्षेत्रफल, आयतन, निकाल्नका लागि पाइथागोरस को सुत्र खुब रटेका त्यो पल। – एउटा बाङगो रुखले कति डिग्री अवन्नति कोण र कति डिग्री उन्नतांस कोण बनाउला भन्दै टेलिस्कोपबाट एउटा आँखा बन्द गर्न नसकि आकृति हेर्न खोज्ने रामको आँखा सिताको हातले छोपिदिदाको त्यो पल। -कक्षामा भएका सबै विद्यार्थीमध्ये कसैलाई दालभात मात्र मनपर्ने त कसैलाई तरकारी रोटि मात्र मनपर्ने ,कसैलाई दुवै मनपर्ने ,कसैलाई रोटिबाहेक सबै मनपर्ने भनी समूह बनाउदाको त्यो पल। – नेपाली सरले गाउछ गित नेपाली कविता लयमा गाउन लगाएको र सारांशमा हामी नेपाली हाम्रो नेपाल हो भन्दाको त्यो पल। – सरले विभिन्न साहित्यकारका जिवनि पढाउदै गृहकार्य स्वरुप प्रत्येकले आ-आफ्नो बुबाको जिवनि लेखेर ल्याउनु नत्र भने सबैको अगाडि आएर कुखुरा बन्नुपर्छ अथवा नक्कल गर्नुपर्छ भन्दाको त्यो पल। – सरले विभिन्न ठाउमा प्रयोग हुने चिठी जो घरदेखि मन्त्रालयसम्म प्रयोग गर्न सकिन्छ भन्दै ।
उदाहरणका लागि राम शिक्षामन्त्री भएपछि विद्यार्थीले लेख्ने चिठिको नमुना बनाउदाको त्यो पल। – बधाई ,शुभकामना ,श्रद्धाञ्जली पत्र र विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्दा लेख्नुपर्ने पत्रको नमुना बनाउदाको त्यो पल। -सरले नेपाली व्याकरण सोध्दा र नजान्दा गोद्दाको त्यो पल। -धनभन्दा विद्या ठुलो भन्दै बादविबाद गरेको र हरियो वन नेपालको धनभन्दै व्यक्तृत्व कला प्रतियोगिता गर्दाको त्यो पल। -सामाजिक सरले हाम्रो सामाजिक कुसंस्कार र कुरितिहरु के के हुन ,कुन ठाउमा कस्तो संस्कार छ हामी विश्व मानचित्रमा कहापर्छौ र सुधारका उपायहरु केके होलान भन्दै दिनुभएको गृहकार्य नगर्दा बनाउनु परेको नेपालको नक्सालाई सम्झिउ त।
-विभिन्न सामाजिक व्यत्तिवहरुले गरेका सामाजिक कार्यहरु पढदा म पनि गर्छु सोच्दै शरिरमा उम्लिएको एक किसिमको उर्जाको त्यो पल। -कृषि सरले कुन प्रजातिको बालि, कस्तो हावापानि,कति मात्रा ,कुन समयमा उत्पादन गर्न सकिन्छ र यस्को व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर प्रयोगशालामा लादाका त्यो पल। – विज्ञान सरले हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ भन्दै प्रयोगशालामा पर्दाफास गर्दाको त्यो पल।
-हावाको बेग र गाडीको गति निकाल्दैगर्दाको पल। भौतिक रसायन र ज्योतिष विज्ञानलाई तुलना गर्दाको त्यो पल। -रातो +पहेलो रङ्ग मिलेर कस्तो रङ्ग बन्छ भनी हेर्दाको त्यो पल। -सि अ क पढदा सा रे ग म प ध नि भन्दै हार्मोनियम सिक्दाको त्यो पल। -बासका कस्ता कस्ता सामाग्रीहरु बनाउन सकिन्छ र कागजको फिरफिरे कसरी बनाउन सकिन्छ भनी सिकाउदाको त्यो पल। यति धेरै कुरामा हामी जानकार हुदाहुदै पनि हामीले आफुलाई शुन्य छु सोच्नु बेकार हो।
बरु यतिका ज्ञानलाई सहि तरिकाले प्रयोग गरेर एउटा सबल व्यत्ति बन्न सकिन्छ। हामिमा देख्खिएको मुख्य समस्या भनेको नै आफुसंग भएको ज्ञान र स्रोत साधनको सहि सदुपयोग गर्न नसक्नु हो र आफुलाई चिन्न नसक्नु पनि। सकिन्छ उच्च शिक्षा पढौ सकिन्न आफुले हालसम्म प्राप्त गरेको ज्ञानलाई प्रयोग गरि बेरोजगार ,असक्षम, व्यत्तिको सुचिबाट नाम हटाउ र समृद्ध सुखि देश बनाउनमा सहयोग गरौ।
– लेखक साउद युवा अभियान्ता हुन ।
प्रतिक्रिया