मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा फुटको अवस्थामा छैन : प्रचण्ड

नेकपा फुटको अवस्थामा छैन : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेकपा फुटको अवस्थामा नरहेको बताएका छन् । चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“मलाई कार्यकारी अध्यक्ष भनेपछिको पहिलो बैठकमै मैले तुरुन्त नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गराएको हो ,” उनले भने, “स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएकै हो ।

अहिले पार्टीमा कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भनेर देखाउन खोजिएको छ, यहाँ कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भन्ने छैन । मिलेरै नक्सा बनाएको हो । मिलेरै काम गरेको हो ।

सरकारलाई सबैले धन्यवाद दिएकै छन् । अहिल पार्टीभित्र मुर्दावाद र जिन्दावाद किन ? विभाजन हुन दिइने छैन ।”