काठमाडौं । नोभेल कोरोना भाइरसका ८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८२ संक्रमित थपिएका हुन् ।
कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १७४ रहेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।
हालसम्म देशभरबाट ८ हजार ५८९ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १४७ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ५१ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत तीन हजार ९१६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८३ हजार ५१५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
हालसम्म देशभरका २३ हजार ७८४ क्वरेन्टिनमा हजार जना रहेका छन् भने ८ हजार १७४ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । विश्वभर एक करोड २८ लाख ७५४ संक्रमित भएका छन् । – बाह्रखरी
प्रतिक्रिया