मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास निर्माणका कार्यलाई प्रभावकारी ढंगले सम्पन्न गर्नुपर्नेमा प्रदेश सभा सदस्य कुँवरको जोड

विकास निर्माणका कार्यलाई प्रभावकारी ढंगले सम्पन्न गर्नुपर्नेमा प्रदेश सभा सदस्य कुँवरको जोड


अछाम – नेपाल कम्युनिष्ट पार्टी नेकपा चौरपाटी गाउँ संगठन कमिटीको वैठक सम्पन्न भएको छ । चौरपाटी गाउँ संगठन कमिटीका अध्यक्ष झंकर साउदको अध्यक्षतामा भएको वैठकका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश संगठन कमिटी सदस्य तथा प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर गोविन्द रहनुुभएको थियो ।

वैठकका वोल्दै प्रदेश सभा सदस्य कुँवरले चौरपाटी र साँफेबगर नगरपालिकामा जनताको आवश्यकता अनुसार वजेट विनियोजित गरिएको बताउनुुभयो । उहाँले आफूले पार्टी र स्थानीय सरकारले सिफारीस गरेका योजनालाई प्राथामिकता दिएको बताउनुभयो ।

उहाँले गाउँमा आएका विकास निर्माणका कार्यहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिनुुभयो । वैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा गाउँ संगठन कमिटी ईन्चार्ज रामबहादुर थापा, सह ईन्चार्ज रामबहादुर आउजी, गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, जिल्ला कमिटी सदस्य पूर्ण साउद, टेकबहादुर थापा, देवबहादुर साउद, जिल्ला सल्लाहकार सदस्य खगेन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ।

संगठन सचिवालय सदस्य झंकर खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन गाउँ संगठनका सचिव शंकरमान वोहराले गर्नुभएको थियो ।