मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट गर्भवतीको हेलिकप्‍टर मार्फत उद्धार

अछामबाट गर्भवतीको हेलिकप्‍टर मार्फत उद्धार


शिवराज ढुंगाना, अछाम। 

सुत्केरी व्यथा लागेर अर्ध बेहोस रहेकी पञ्चदेवल विनायक नगरपालिकाकी एक महिलाको निशुल्क हवाइ उद्धार गरिएको छ । शनिबारबाट सुत्केरी व्यथा लागेर आइतबार बिहान अछाम जिल्ला अस्पताल पुर्याएकी पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी २१ वर्षीया रमना विकलाई मंगलसेनबाट सुर्खेत हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

गर्भवती अर्ध बेहोस भएका कारण जिल्लामा सुत्केरी गराउन जोखिम हुने भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निशुल्क रुपमा विकको उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । शनिबार दिउसोबाट सुत्केरी व्यथा लागेपनि राती जिल्ला अस्पताल ल्याउन नसकिएपछि आइतबार बिहान अछाम जिल्ला अस्पतालमा पुर्याएको थियो ।

बेहोस अवस्थामा रहेकी महिलालाई बच्चा जन्माउने उपकरण र जनशक्तिको अभावमा बाहिर पठाउन पठाउनु परेको अछाम जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अतुल भारद्धाजले जानकारी दिनुभयो । “सुत्केरी व्यथा लागेको २४ घण्टा बढी भइसकेको थियो, बेहोस अवस्थामा भएकोले उहाँको जिल्लामा बच्चा जन्माउन सकिएन ।” डाक्टर भारद्धारजको भनाइ छ ।

गर्भवतीमा उच्च रक्तचापका कारण बेहोस हुने गरेको स्वास्थ्यकर्मीको भनाइछ । रमनाले बारलाको स्वास्थ्य चौकीमा गर्भवतीले लिनुपर्ने सबै सेवा लिएको उक्त स्वास्थ्य केन्द्रका प्रमुख जितेन्द्र केसीले जानकारी दिनुभयो ।

लकडाउन अवधिमै अछाम जिल्लामा पाँच जना गर्भवती तथा सुत्केरीको आपतकालिन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निशुल्क हवाइ उद्धार गरिएको छ । हवाइ उद्धार गरिएका मध्येमा रामारोशन गाउँपालिका–६ की सुत्केरी ढिलो स्वास्थ्य संस्थामा आएका कारण कोहलपुरमा मृत्यु भएको थियो ।