मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा ओली-प्रचण्ड भेट

बालुवाटारमा ओली-प्रचण्ड भेट


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीसँग प्रचण्डको यसबीचमा ६ दिन संवाद भएको थिएन ।

गत बुधबार साँझको भेट तिक्तापूर्ण रूपमा अन्त्य भएपछि मङ्गलबार उनीहरूबीच संवाद भएको हो । गत बुधबार पार्टी अध्यक्ष प्रचण्डले एउटा पद भए पनि छाड्न गरेको आग्रह अस्वीकार गरेपछि उनीहरूबीच भेटवार्ता भएको थिएन ।

आज उनीहरूबीच करिब डेढ घण्टा कुराकानी भएको बताएको छ । शुक्रबार चितवनको माडी पुगेका प्रचण्डले ओलीसँगको वार्ता सकारात्मक बन्दै गरेको र पार्टी एकता दुर्घटनामा पर्न नदिने बोलेका थिए ।

उनीहरूबीच पछिल्लो समय के विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ भन्ने खुलेको छैन । यसबीच दोस्रो तहका नेताहरू सहमतिको साझा विन्दुको खोजी गरिरहेको पनि बताइएको छ ।

दुई अध्यक्ष सहमति खोज्ने प्रयास गरिरहेकाले स्थायी कमिटीको बैठक साउन २ गतेसम्मका लागि स्थगित छ । – बारह्खरी