उटा मान्छे तीर्थयात्रा गर्दै वराहक्षेत्र पुग्यो । वराहक्षेत्रमा अरु तिर्थालुले गौदान गरेको देखेर उसलाई पनि गौदान गर्ने रहर लागेछ । त्यसैले उसले एउटा पुरोहितलाई सोध्यो, ‘गौदान गर्न कति पैसा चाहिन्छ ?’
पुरोहितले भने – ‘यति नै भन्ने छैन, हजुरको जो मर्जी ।’
मान्छेले भन्यो – ‘सवा रुपियाँ दिन्छु, हुन्छ ?’
पुरोहितले भने – ‘हुन्छ, किन नहुनु ।’
विधिपूर्वक गौदानको संकल्प सकियो । पुरोहितले भने – ‘लु गौदानको सवा रुपैयाँ दिनुहोस् ।’
त्यो मान्छेले आफ्नो ठेगाना टिपाउँदै भन्यो – ‘मसंग अहिले पैसाको कमी छ, तपाईं गौदानको पैसा लिन मेरो घर नारायणघाट आउनू ।’
उक्त व्यक्तिले सवा रुपैयाँ लिन पुरोहित के नारायणघाट आउलान् भनेर सोचेको रहेछ, तर एक दिन ती पुरोहित देवघाटको तीर्थयात्रा गर्ने क्रममा नारायणघाटमा पुगेछन् । उनले ती यजमानको घर सजिलै पत्ता लगाए । उसको घर भव्य रहेछ । घरबाहिर बगैँजा, गाडी, पाले आदि भौतिक संसाधान पनि सबै रहेछन् । अवस्था साँच्चै राम्रो रहेछ ।
पुरोहित आँगनमा पुग्नेबित्तिकै भित्रबाट एउटा केटो निस्कियो । पुरोहितले सोधीखोजी गरे । केटो ती यजमानको छोरो रहेछ । पुरोहितले भने – ‘म वराहक्षेत्रबाट आएको हुँ । तिम्रो बुबालाई गौदानको पैसा लिन आउनुभएको छ भनेर खबर गरिदेऊ ।’
केटाले भित्र गएर पुरोहितको कुरा बाबुलाई सुनायो ।
शुरुमा त बाबुले पत्याएनन् । सवा रुपौयँ लिन एक हजार खर्च गरेर वराहक्षेत्रबाट नारायणघाट आइपुग्ने कुरा कसरी पत्याउनु । तर झ्यालकोपर्दा खोलेर तल आँगनमा हेर्दा त साच्चै रहेछ ।
उसले छोरासँग भन्यो— ‘गएर बुबा बिरामी हुनुहुन्छ पछि भेट्न आउनू भनेर भनिदे ।’
छोराले पुरोहित भएको ठाँउमा आएर त्यही कुरा सुनायो ।
पुरोहितले भने— ‘त्यो टाढाबाट आएँ, बिरामी नहेरीके जानु । भेट्छु भन्द्यौ बाबु ।’
छोराले खवर भित्र लग्यो ।
बाबुले भन्यो— ‘बाबु मर्नुभयो भन्दे ।’
छोराले बाहिर आएर रोएजस्तो गर्दै ‘बुबा मर्नुभयो, तपाई जानुहोस्’ भन्यो ।
पुरोहितले भने– ‘लाश नहेरीके जानु ?’
सवा रुपैयाँ बचाउन मरेको बहाना शुरु भयो । बाँस, कफन, रामनामी सबै ल्याइयो । उक्त व्यक्तिलाई कफनले बेरेर रामनामीओडाउँदै बासमा बाँधियो ।
छोराले बुबाको संकेतअनुसार पुरोहितलाई भन्यो– ‘अब जाने हैन तपाईं ?’
पुरोहितले भने— ‘घाट नपु¥याई के जानु ?’
घाटयात्रा शुरु भयो । घाट पु¥याइयो ।
छोराले पुरोहितसँग भन्यो— ‘अब तपाईं जाने हैन ?’
पुरोहितले भने ‘दागबत्ती दिएपछि जान्छु ।’
दागबत्तीको तयारी भयो । छोराले बत्ती घुमाएर बाबुको मुखमा रोख्नेबित्तिकै आगोले मुख पोलेपछि उसले आत्तिँदै जुरुक्क उठेर छोरासँग भन्यो ।— ‘अब मलाई जल्नुछैन, तसर्थ खुरुक्क बाहुनलाई सवा रुपैयाँ दिएर पठा ।’
सन्देशः आफ्नो स्वार्थको लागि जे जति खर्च गर्न पनि पछि नपर्ने तर अर्कालाई दिन पर्योभने पन्छिन खोज्नेहरुको हालत यस्तै हुन्छ ।
नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।
प्रतिक्रिया