मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा नेता डा: रावलको प्रधानमन्त्रीलाई प्रश्नः यो राम र अयोध्याबारे बहस गर्नुपर्ने बेला हो र ?

नेकपा नेता डा: रावलको प्रधानमन्त्रीलाई प्रश्नः यो राम र अयोध्याबारे बहस गर्नुपर्ने बेला हो र ?


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आपत्ति जनाएका छन्। 

नेता रावलले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन् , ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नु पर्ने विषय उठाई भारतसँग कुरा गर्नु पर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ भन्दै उनले ‘विषयान्तर किन ?

देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो?’

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले रामायणमा उल्लेख भएको देश अयोध्याबारे विभिन्न दाबीहरू गरेका थिए।