बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिकाले साउनको दोस्रो साताबाट पढाई सुरु गर्ने भएको छ । जिल्लाको सबै भन्दा कम कोरोना संक्रमीत भएको गाउँपालिकाले साउनको पहिलो साताबाट पढाइ सुरु गर्ने भएको हो ।
जगन्नाथ गाउँपालिकाले कोरोना महामारीलाइ मध्यनजर गरी बिद्यालय संचालन गर्ने भएको जगन्नाथ गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।
हाल सम्म जगन्नाथ गाउँपालिकामा २ जना मात्र कोरोना संक्रमीत भएका र दुबै जना निको भइ सकेका र अन्य कोही पनी क्वारेन्टाइन र आइसोलेशनमा समेत कोही नभएका कारण जोखीमलाई हेरेर बिद्यालय संचालन गर्ने जोशीको भनाई छ।
कोरोना जोखीम कम हुने भएकोले गाउँपालिकामा सबै बिद्यालय संचालन गर्ने कार्यपालिकाले निणर्य गरेको जोशीले बताए । गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले साउनको दोस्रो सातादेखी बिद्यालय संचालनको तयारी गर्न सबै बिद्यालयहरुलाई पत्रचार समेत गरीसकेको अध्यक्ष शाहीले जानकारी दिए ।
पहिलो हप्ताबाट भर्ना गरी दोस्रो साताबाट पढाई गर्न समेत बिद्यालयहरुलाई पत्रचार भइसकेको अध्यक्ष शाहीको भनाई छ।
प्रतिक्रिया