मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले राजनैतिक र शासन गर्ने नैतिक आधार गुमाए : कांग्रेस

प्रधानमन्त्रीले राजनैतिक र शासन गर्ने नैतिक आधार गुमाए : कांग्रेस


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक आधार गुमाइसकेको बताएको छ।

प्रधानमन्त्रीले रामको जन्मस्थलबारे दिएको अभिव्यक्ति सरकार र सत्तारुढ दल नेकपाको मत नभएको प्रष्ट भएकोले ओलीले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको बताएको हो।

कांग्रेसले प्रश्न गरेको छ– प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैन भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

अहिलेको परिस्थितिमा पनि प्रधानमन्त्रीको दायित्व एकातर्फ, व्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको भएको कांग्रेसको ठहर छ।

नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व गम्भीर कुटनैतिक पहलकदमी नगरेर नक्सालाई सत्ता राजनीतिको व्यक्तिगत हतियारका रूपमा उपयोग गरेको कांग्रेसले जनाएको छ।

कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग पनि गरेको छ। – नेपाल समय