मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली-प्रचण्डको वान टु वान वार्ता निष्कर्ष विहीन

ओली-प्रचण्डको वान टु वान वार्ता निष्कर्ष विहीन


फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ । बालुवाटारमा बुधबार अढाइ घण्टा वार्ता भए पनि कुराकानी ठोस रूपमा अघि बढ्न नसकेको बताइएको छ ।

यद्यपि, दुवै पक्ष एक्लाएक्लै (वान अन वान)वार्तामा जुटेकाले वार्ताको प्रगति खुलाइएको छैन । आज पनि विषय यथाहालतमा रहेको र निष्कर्ष निक्लन नसकेको स्रोतको दाबी छ ।

स्थायी कमिटीको बैठक असार १६ गतेयता अवरुद्ध छ । पछिल्लोपटक असार २६ गतेलाई तय गरिएको थियो । तर, मुलुक बाढी, पहिरो आदि प्रकोपले आक्रान्त बनेपछि एक साता धकेलिएको छ ।

स्थायी कमिटीको पाँचौं बैठक सुरु भएपछि दुई अध्यक्ष आजसम्म गरी छैटौंपटक एक्लाएक्लै (वान अन वान) वार्ता भएको छ । तर, उनीहरूबीच पुरानै रटान कायमै छ ।

पार्टी अध्यक्ष प्रचण्डले सुरुमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडानबाट झरेका थिए । सहमतिका लागि एक पद छाड्न गरेको आग्रह पनि ओलीले अटेर गर्दै कुनै पनि पद त्याग्‍न नसक्ने अडानमा दृढतापूर्वक उभिँदै आएको बताइन्छ । – बारह्खरी