काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यहरूलाई बालुवाटार बोलाएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको निष्कर्षविहीन छलफललगत्तै प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्यहरूलाई बालुवाटार बोलाएको बुझिएको छ ।
छलफलमा तीनै पक्षका स्थायी कमिटी सदस्य छन् ।
देवेन्द्र पौडेल, जनार्दशन शर्मा, गोकर्ण विष्ट, मणि थापा, टोपबहादुर रायमाझी, देव गुरूङ, पम्फा भुसाललगायत नेताहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेको एक नेताले जानकारी दिए ।
प्रतिक्रिया