मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ शहरको काम कछुवा गतिमा, बर्षेनी जान्छ बसपार्कको बजेट फ्रिज

नयाँ शहरको काम कछुवा गतिमा, बर्षेनी जान्छ बसपार्कको बजेट फ्रिज


गीता कुवँर, अछाम ।

अछामको साँफेबगरलाई नयाँ शहर बनाउने योजना कछुवाको गतिमा छ । सरकारले २०६८/६९ सालमा देशका १० ओटा नमूना शहर मध्ये अछामको साँफेबगरलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो । तर आवश्यक जग्गा ब्यवस्थापन हुन नसक्दा र सुचारु काम समयमै गर्न नसक्दा नयाँ शहरको काम सुस्त गतिमा छ ।

भौतिक पुर्बाधार निमार्णका लागि आयोजनाले स्थानियबासिबाट जग्गा किन्न र एैलानी जग्गा आयोजना मातहत लिन नसक्दा आयोजनाले सोचे अनुरुप काम गर्न सकेको छैन । आयोजनाले बस पार्कका लागी आवश्यक जग्गा नै खरिद गर्न सकेको छैन । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालित चार वटा योजना समेत सम्पन्न हुन नसकेको नयाँ शहर आयोजनाका प्रमुख मोहल बिकले बताए ।

२ करोड ९३ लाखको आयोजनाको आफ्नो भवन ८५ लाख ५६ हजारको शब दाह गृह निमार्ण, १ करोड ९५ लाख श्रीकोट गोरेटो बाटो र १ करोड ४४ लाखको साफेबगर ढल निमार्ण कार्य यो आर्थिक वर्षमा सम्पन्न हुन नसकेको हो । आयोजना प्रमुख मोहन बिकले भने ‘कोरोनाले गर्दा काम प्रभाबित भयो, गत वर्ष बस पार्कको लागी जग्गा खरिद गर्ने क्रममा स्थानीयबाट बिरोध भएपछि खरिद काम समेत प्रभाबित भएको छ ।

साँफेबगर नगरपालिकाबाट नयाँ योजनाहरु प्राप्त नहुदा यो वर्षका लागी बहुबर्षिय योजना समेत स्वीकृत हुन नसकेको नगर बिकास समितिका निबर्तमान् अध्यक्ष मोहन कुँवरले बताए । बर्षेनी बसपार्कका लागी आएको बजेट फ्रिज जाने गरेको उनले बताए । उनले भने यो वर्ष ५० लाख फ्रिज गयो, बस पार्कका लागी ३ करोड बजेट बिनियोजन हुदै आएको थियो काम हुन नसक्दा र बर्षेनी बजेट घट्दै आएको र घटेको रकम समेत फ्रिज जानेको गरेको छ ।’ नयाँ योजनाहरु कुनै पनी नरहेको र पुरानै योजनापनी हालसम्म सम्पन हुन नसकेको बताए । स्थानीय तह र आयोजना बिच समन्वकारी भुमिका हुन नसकेको उनल बताए ।

नयाँ शहर आयोजना अन्र्तगत हालसम्म साँफेबगर बजारमा १ करोड ५७ लाखको सोर्य बत्ति जडान, ६० लाखको साँफेबगर खानेपानी आयोजना निमार्ण लगायतका काम मात्र सम्पन्न भएको छ । नयाँ शहरका लागी ८० करोड बराबरको स्टेमेट तयार गरेर केन्द्र सरकारलाई पेस गरिएको छ । पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको भएपनि नमूना शहर निर्माणको काम भने अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन ।

नयाँ शहरमा बहुउदेश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्क जस्ता भौतिक पूर्वाधारहरु निर्माण गर्ने सरकारको योजना छ । जग्गा अधिग्रहण गरी चाडो भौतिक पुर्बाधार निमार्ण गर्न सके साँफेबगर नयाँ शहरको रुपमा बिकास हुनेछ । साथै सेवा सुबिधाको खोजीमा तराई तथा शहरी क्षेत्रमा भईरहेको बसाईसराई नियन्त्रण गर्ने सरकारी उदेश्य पनि पुरा हुनेछ ।