मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको विवाद अझै टुंगिएन, तीन नेताबीचको छलफल निष्कर्षविहीन

नेकपाको विवाद अझै टुंगिएन, तीन नेताबीचको छलफल निष्कर्षविहीन


काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद अन्त्य गर्न भन्दै बसेको आज (बिहीबार) को बैठक पनि निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितको बैठक पनि कुनै टुंगोमा नपुगेर सकिएको हाे।

यसअघि दुई अध्यक्षमात्रै छलफल गर्दै आएकामा आज वरिष्ठ नेता नेपाल पनि बैठकमा सहभागी भएका थिए।

त्यस्तै प्रधानमन्त्री ओलीको पक्षबाट महासचिव विष्णु पौडेल पनि बैठकमा सहभागी भएका थिए।

बैठकमा प्रचण्ड र नेपालले ओलीलाई राजीनामा दिन सुझाएका थिए। ओलीको राजीनामा मागकै कारण नेकपाको स्थायी कमिटी बैठक विथोलिएको छ।

ओली कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन् भने प्रचण्ड, नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितले राजीनामा दिनै पर्ने अडान राखिरहेका छन्। जसका कारण पटकपटकका छलफलहरु निष्कर्षविहीन हुने गरेका छन्।

बिहीबारको बैठक पनि निष्कर्षमा नपुगेपछि अब भाेलिसम्मका लागि स्थगित भएकाे स्थायी कमिटि बैठक बस्ने नबस्नेबारे अन्याेल छ।