विराटनगर । वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका एक कोरोना संक्रमित बिरामीको मृ’त्यु भएको छ।
बुधबार स्वास्थ्य समस्या आएपछि भर्ना भएका सप्तरी राजबिराज नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय बृद्धको मृ’त्यु भएको हो।
उनमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ। कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएपछि उनको स्बाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र उपचारकै क्रममा मृ’त्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।
उपचारक क्रममा प्रदेश १ मा कोभिडबाट पहिलो मृ’त्यु भएको हो । मृ’तकको श’व व्यवस्थापनको तयारी थालिएको प्रतिष्ठानले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृ’त्यु भएको छ ।
प्रतिक्रिया