अछामकी एक युवती आर्थिक अभावले उपचार संकटमा परेकी छन् । जिल्लाको ढकारी गाउँपालिका ६ मोयकाडा १८ वर्षीया मन्सरा बुढको बायाँ खुट्टामा क्यान्सर भएपछी उनलाई उपचारका लागि आर्थिक संकट परेको हो ।
कक्षा ११ मा अध्यननरत मन्सरा अहिले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत छन् । मन्सराका बुवाको यस अगाडी नै मृत्यु भइसकेको र आफन्तले उपचारको लागि अस्पताल पुर्याएका छन् ।
उनका आफन्त देबेन्द्र बहादुर बुढाका अनुसार उनको उपचारको लागि करिब १० लाखसम्म खर्च लाग्ने देखिएको छ । मन्सरा करिब १ वर्ष देखि बिरामी भएको र उनको घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा सबैसँग आर्थिक सहयोगको लागि अपिल गरिएको उनले बताए ।
उनले मन्सरालाई बचाउनको लागि नागरिकस्तरबाट समेत आर्थिक सहयोग गरिदिन अनुरोध गरे । आर्थिक संकललन अभियानमा मन्सराका आफन्त देबेन्द्र बुढा र भुपेन्द्रबहादुर बुढा सक्रिय भएका छन् ।
सहयोगको लागि निम्नानुसारको ठेगागाना रहेको छ :- सम्पर्क नम्बर :- ९८६९५५३८०४, ९८६५६४१५१० खाता नम्बर :- ०७९०१०००००२१४०४१ (देबेन्द्र बहादुर बुढा सिटिजन्स बैंक , ढकारी अछाम)
प्रतिक्रिया