अछाम ।
नेपाल विद्यार्थी संघ अछामका सचिव एवम नेपाली कांग्रेस अछामका युवा नेता बम बहादुर स्वारले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् ।
नेता स्वारले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको मंगलसेन नगरपालिका वडा नं ४ का सामुदायिक विद्यालयमा पढ्ने ३५ जना बिपन्न बर्गका बालबालिकाहरुलाई ३५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।
शैक्षिक सामाग्रीमा कपी, कलम र स्कूल ड्रेस वितरण गरिएको नेता स्वारले सुदूरआजलाई जानकारी दिए । वडा नं ४ का वडा सदस्य लोकेन्द्र केसीको उपस्थितिमा सोही वडाको राधा माबि बोगटी गाँउमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शैेक्षिक सामाग्री वितरणमा नेपाल विद्यार्थी संघ अछामका सदस्य पुष्प विष्ट, त्रिभुवन आर्मी क्लबका भलिबल खेलाडी रमेश केसी लगायतको उपस्थिति रहेको थिया ।
बिद्यार्थी राजिनिति सँगै सामाजिक कार्यमा समेत अग्रसर नेविसंघ अछामका सचिव स्वारले जिल्लाका विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहेका छन् । विगतका वर्षहरुमा पनि रामारोशनका मृगौला पिडित, दलित परिवारका बालबालिका र अन्य सामाजिक धार्मिक क्षेत्रमा पनि स्वारले सहयोग गर्दै आएका थिए ।
प्रतिक्रिया