मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाषासेवी प्रा.डा. आत्रेयको नि’धन

भाषासेवी प्रा.डा. आत्रेयको नि’धन


काठमाडौं । संस्कृत एवम् नेपाली भाषा साहित्य विद्वान प्रा.डा. विष्णुराज आत्रेयको ७५ वर्षको उमेरमा शनिबार नि’धन भएको छ । उनी ‘लाटो साथी’ को नामबाट व्यङ्ग्य लेखनका क्षेत्रमा पनि चर्चित थिए । 

नेपाली तथा संस्कृत भाषाका विविध विधामा कलम चलाउँदै आएका डा. आत्रेयका वैदेही महाकाव्य, सोमतीर्थ, सुपा देउरालीलगायत खण्डकाव्यहरूसँगै ‘हामीभित्रका म’ उपन्याससहित तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

प्रा.डा. आत्रेय संस्कृत भाषा साहित्यका ज्ञाता मात्रै नभई राजनीतिक र सामाजिक विषयमा चोटिलो व्यङ्ग्य लेखनमा पनि उत्तिक्कै सिपालु रहेको व्यङ्ग्यकार लक्ष्मण गाम्नागे बताउँछन् ।

सिस्नोपानी नेपालका साधारण सदस्यसमेत रहेका हास्य व्यङग्यकार ‘लाटो साथी’सँग बेलाबखत भेट हुने गरेको बताउँदै उनको लेखनशैली परम्परागत भए पनि स्वादिलो हुने गरेको सिस्नोपानी नेपालका अध्यक्ष गाम्नागे बताउँछन् ।