मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यको प्रयास गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाव दिएपछि सुरु भएको विवाद अन्त्यका लागि सचिवालय बैठक बसेको हो।

बैठक दिउँसाे सवा तीन बजे बालुवाटारमा सुरु भएकाे नेकपामा प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

राजीनामा दिनै पर्ने र दिँदै नदिने अडानका कारण स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ।

पछिल्लो पटक भोलि दिउँसोसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरी आज सचिवालय बैठक बसेको हो। बैठकमा पार्टीभित्र जारी विवाद अन्त्यका लागि दुबै पक्ष हदैसम्मको लचक हुने तयारी छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायतले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि उत्पन्न विवाद थुप्रै पटकको छलफलबाट पनि अन्त्य हुन सकेको छैन। – नेपाल समय

सचिवालय बैठकअघि ओलीले बोलाए प्रचण्डलाई