मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका स्थानीय तह बाट मात्रै ४२ करोड बढी बेरुजु

अछामका स्थानीय तह बाट मात्रै ४२ करोड बढी बेरुजु


अछाम : अछामका स्थानीय तहको बेरुजु ४२ करोड बढी रहेको छ। महालेखा परीक्षक महालेखा परीक्षकका अनुसार दश वटै स्थानीय तहहरुको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको उल्लेख छ । 

दश स्थानीय तहमध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको छ।  १ अर्ब २६ करोड ३४ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा उक्त रकम बेरुजु देखिएको हो । यसैगरी सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ४९ लाख २६ हजार बेरुजु देखिएको हो ।

६ करोड १४ लाख ८ हजार रकम लेखा परिक्षण गरिएको थियो । यसैगरी मंगलसेन नगरपालिकाको १ अर्ब १३ करोड ८१ लाख १५ हजार लेखा परिक्षण गरिएकोमा ३ करोड ९० लाख ९७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ८ करोड ७९ लाख ७१ हजार बेरुजु रहेको छ । 

चौरपाटी गाउँपालिकाको ५करोड ५ लाख ९३ हजार,कमलबजार नगरपालिकाको ३ करोड ६२ लाख ४० हजार,रामारोशन ३ करोड ४६ लाख ३२ हजार,पञ्चदेवल बिनायक नगरपालिकाको ३ करोड ४१लाख ८२ हजार,तुर्माखाँद गाउँपालिकाको १करोड ४१लाख ६२ हजार बेरुजु र ढकारी गाउँपालिकाको ७३लाख १७ हजार रकम बेरुजु देखिएको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ । 

महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा कमलबजार नगरपालिकाले खानेपानी योजनाको ३६ लाख ८ हजार बराबरको रकम काम नगरी भुक्तानी गरेको भन्दै असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै साँफेबगर नगरपालिकाले करारका कर्मचारीलाई दोहोरो रकम भुक्तानी गरेको छ । तलब तथा चाडपर्व खर्च भनेर भुक्तानी गरेको १७ लाख ७८ हजार रकम असुल गर्नुपर्ने उल्लेख गरेको छ । – अन्नपुर्ण पोस्टबाट