भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जना संक्रमित भएका छन्।
यसअघि आइतबार त्यहाँ ३७ हजार ४०७ जना संक्रमित भएका थिए। संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा संक्रमितको संख्या ११ लाख १८ हजार १०७ पुगेको छ।
यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो। अहिलेसम्म संक्रमितमध्ये ७ लाख ३९९ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ९० हजार २०५ जनाको उपचार भइरहेको छ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको २७ हजार ५०३ पुगेको वल्र्डोमिटर्सले देखाएको छ।
प्रतिक्रिया