प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता देश र लोकतन्त्रको लागि अत्यन्तै दुखद् भएको बताएका छन्।
सोमबार बिहानै ट्विट गर्दै डा. कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने सुझाव पनि दिएका छन्।
‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा, सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ। पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुखद् हो,’ कोइरालाले भनेका छन्।
नेकपाभित्रको पछिल्लो विवादमा राष्ट्रपति सक्रिय भएपछि उनको चौतर्फी आलोचना भइरहेको छ।
प्रतिक्रिया