काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय महिला विभागका सचिव र सदस्यहरूको सोमबार मनोनयन गरेका छन्।
सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम विभागमामा मनोनयन गरेका हुन्। विभाग प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ मा मनोनयन गरिएको थियो।
मनोनीत हुनेमा ३८ जना छन्। सचिवमा सुनसरीका लक्ष्मी खतिवडा मनोनयन भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।





















प्रतिक्रिया