मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनिघाटको पुल खतरामा, सडक भासियो–काठमाडौं आवतजावत ठप्प

बेनिघाटको पुल खतरामा, सडक भासियो–काठमाडौं आवतजावत ठप्प


काठमाडौं । लगातारको वर्षाले पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ वडा नम्बर १० मोवाखोलाको पुल छेउमा सडक भासिएको छ ।

सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन ठप्प भएको सोही वडाका वडाध्यक्ष अम्बरबहादुर गुरुङले जानकारी दिए । उनकाअनुसार तीनवटा घरसमेत बगाएको छ । वडाध्यक्ष गुरुङ, नवराज मगर, आशबहादुर गुरुङको घर बगाएको हो ।

उता वागमती प्रदेशका एसएसपी सुदीप गिरीकाअनुसार बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पृथ्वी राजमार्ग भएर काठमाडौंबाट बाहिरिने र भित्रने दुवैतर्फको यातायात ठप्प भएको छ ।

दर्जनौं ठाउँमा पहिरो र बाढीले सडक भत्किएको छ ।