मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम काङ्ग्रेसले पनि मनायो शिखर पुरुष वीपीको ३८ औं स्मृति दिवस

अछाम काङ्ग्रेसले पनि मनायो शिखर पुरुष वीपीको ३८ औं स्मृति दिवस


अछाम :नेपाली काङ्ग्रेस अछामले नेपाली राजनीतिका शिखरपुरुष वीपी कोइरालाको ३८ औं स्मृति दिवस सदरमुकाम मंगलसैनमा नव निर्मित बिपि स्मृति भवनकाे प्राङ्गणमा विभिन्न किसिमका बिरुवाहरु राेपेर स्मृति दिवस मनाएको छ ।

कार्यक्रम काे उद्घाटन नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले ले बिपि काे संझनामा पिपलकाे बिरुवा राेपेर गर्नुभएकाे हाे ।कार्यक्रममा स्वारले बिपिकाे याेगदान काे चर्चा गर्दै बिपिकाे मार्गमा सबै कार्यकर्ता लाग्न अाग्रह गर्नुभएको छ ।

अहिलेकाे दुई तिहाइ सरकारले देशमा भ्रस्टाचारको मुल फुटाएको बताए । सरकारले कोरोना भाइस कोभिड १९ ले मुलुक नै आक्रान्त बनेको बेला पनि जनता बचाउनुको साटो विभिन्न बहानामा भ्रस्टाचार गर्दै रास्ट्र लाई तहसनहस पार्न खोजेको आरोप समेत लगाए । सरकारले गरेका हरेक गलत क्रियाकलापका विरुद्ध भण्डाफोर गर्न सबै एकजुट हुन आवस्यक रहेको बताए ।

कार्यक्रम मा नेपाली काङ्ग्रेस मा अावद्द कार्यकर्ता तथा भातृ संघ संगठन काे सहभागिता रहेको थियाे । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नु भएको कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । नेपाली साहित्यका क्षेत्रमा पनि उहाँको महत्वपूर्ण योगदान छ ।