मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६० वर्षपछि पहिलोपटक नोबेल पुरस्कार वितरण समारोह रद्द

६० वर्षपछि पहिलोपटक नोबेल पुरस्कार वितरण समारोह रद्द


यस वर्ष नोबेल पुरस्कारको वार्षिक समारोह नहुने भएको छ। कोेरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार समारोह रद्द गरिएको हो।

६० वर्षपछि पहिलोपटक नोबेल पुरस्कारको वार्षिक समारोह रद्द भएको बताइएको छ। यस वर्ष पनि नोबेल पुरस्कार विजेताको घोषणा भने गरिनेछ।

तर, सामान्यतयाः १० डिसेम्बरमा हुने गरेको पुरस्कार वितरण समारोह भने हुनेछैन।

यसअघि पछिल्लो पटक सन् १९५६ मा तत्कालीन सोभियत संघले हंगेरीमा आक्रमण गरेका कारण नोबेल पुरस्कार वितरण समारोह भएको थिएन।