मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशीको मृ’त्यु

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशीको मृ’त्यु


काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृ’त्यु भएको छ। पोखरामा काम गर्दै आएकी एक चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

केही समयअघि बिरामी भएपछि ती महिलालाई पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हेलिकोप्टरमार्फत् ल्याएर काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

मन्त्रालयका अनुसार ग्राण्डी अस्पतालमा ल्याएपछि उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि महारागंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।

उनको उपचारका क्रममा आज (बुधबार) मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आजै धरानमा एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको जनकपुरधाम उप महानगरपालिकाका ६० वर्षीय पुरुषलाई खोकी लाग्ने, उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या लगायतका लक्षण देखिएपछि केही समयअघि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उनको आईसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो। मृत्यु भएपछि गरिएको पीसीआर नमुना परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। आज थपिएका दुईसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।