अछाम ।
प्रेस संगठनका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा रेडियो जनप्रिय एफएमका स्टेशन म्यानेजर तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उहाँले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हेल्प अछाम र क्यान्सर पिडित भक्त विकलाई सहयोग गर्नुभएको हो ।
प्रदेश कमिटी सदस्य कुँवरले हेल्प अछामलाई ५ हजार र क्यान्सर पिडित भक्त विकलाई १ हजार ५ सय सहयोग गर्नुभएको हो । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु हुँदैन भनेर हेल्प अछामलाई सहयोग गरेको प्रदेश कमिटी सदस्य कुँवरको भनाई रहेको छ ।
जन्मदिनमा हुने फजूल खर्च परोपकारी र सामाजिक कार्यमा गरिने सहयोगले समाजमा पनि सकरात्मक सन्देश दिएकोे हेल्प अछामका अध्यक्ष हिमाल कुँवरको भनाई रहेको छ । उहाँले जन्मदिनलाई सधैं अविश्मरणिय बनाउनका लागि परोपकारी कार्यलाई बढवा दिन जरुरी रहेको बताउनुभयो ।
स्टेशन म्याजेनर कुँवरबाट प्राप्त सहयोग आर्थिक अवस्था कमजोर तथा सामाजिक क्षेत्रमा खर्च गरिने अध्यक्ष कुँवरले बताउनुभयोे । यस अघि पनि हेल्प अछामलाई साँफेबगर युवा संञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारीले पनि जन्म दिनको अवसरमा सहयोग गर्नुभएको थियो ।
हेल्प अछामले कोरोना भाईरसबाट समस्या भएर स्वदेश फर्किएका व्यक्तिलाई खाजा वितरण गरेर सामाजिक कार्यको सुरुवात गरेको हो ।
प्रतिक्रिया