मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १४७ जनामा कोरोना पुष्टि, १५६ डिस्चार्ज

देशभर १४७ जनामा कोरोना पुष्टि, १५६ डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १४७ जनामा कोरोना पुष्टि भएको छ।

३ हजार ४८१ जनाको पीसीआर नमुना जाँच गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ। योसहित हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ।

क्वारेनिटनमा रहेका व्यक्तिको संख्या २० हजार ९८ छ। आज १५६ जना डिस्चार्ज भएका छन्।आजसम्म डिस्चाज भएका व्यक्तिको संख्या १२ हजार ७४० रहेको छ।