अछाम। ईलाका प्रहरी कार्यालय साँफेबगरले मास्क नलगाई हिड्नेलाई कारबाही गर्न सुरु गरेको छ ।
आज मात्र प्रहरीले मास्क नलगाई हिडडुल गर्ने ८६ जनालाई एक सय रुपैया जरिवाना गरेको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भटट्ले जानकारी दिए ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यो अभियानको सुरुवात गरिएको भट्टले बताए। ३५ जनालाई मास्क बितरण गरिएको र १ सय ३ जनालाई सम्झाईै बुझाई गरिएको उनको भनाई छ।
मास्क लगाउनका लागि केही दिनदेखि बजार क्षेत्रमा माईकिंग समेत गरेको प्रहरीले उक्त कुराको बेवास्ता गर्नेलाई नियन्त्रणमा लिइ कारबाही गरेको जनाएको छ ।
प्रतिक्रिया