मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ५ सयबढी कोरोना सक्रमित निको भएर घर फर्किए

अछामका ५ सयबढी कोरोना सक्रमित निको भएर घर फर्किए


अछाम। जिल्लाका ५ सय भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ कार्यालय अछामका अनुसार हालसम्म ५ सय २ जना संक्रमित निको भएका छन् ।

६ सय २६ जना संक्रमित रहेको अछाममा ५ सय ८२ जना निको भएर घर फर्किएका हुन् । कोरोना निको हुनेमा साँफेबगर नगरपालिकाका १४१, रामारोशन गाउँपालिका १०३, मेल्लेख गाउँपालिकाका ९७, मंगलसेन नगरपालिका ६१ रहेका छन्।

यस्तै बान्नीगढीका सबै ३५, पञ्चदेवल बिनायक नगरपालिका २०, तुर्माखाद गाउँपालिकाका २३,चौरपाटी गाउँपालिकाका ४९, ढकारी गाउँपालिका २ र कमलबजार नगरपालिका २५ जना रहेका स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

जिल्लामा हालसम्म ४ हजार ३ सय १ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ७ सय ४४ जनाको रिर्पाेट आएको स्वास्थ कार्यालयका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।

अछाममा स्वाब संकलन कार्य जारी रहे पनी कोरोना परिक्षण भई बिगत एक हप्ता यता रिर्पाेट प्राप्त हुन नसकेको जोशीले बताए ।