मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो

उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि सरेको छ । सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने भनेकाले महासंघले पनि आफ्नो ५४ औँ वार्षिक साधारणसभा सारेको हो । 

महासंघका पूर्वअध्यक्षहरुसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने निर्णय भएको निवर्तमान अध्यक्ष पशुपती मुरारकाले जानकारी दिए । सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नदिने भनेकाले साउन २६ र २७ गतेका लागि तोकिएको साधारण सभा पछि सार्नु परेको उनले बताए ।

सरकारले कहिलेदेखि सभा, सम्मेलन गर्न पाइन्छ स्पष्ट नगरेकाले स्पष्ट पारेको १५ दिनभित्र साधारण सभा गर्ने महासंघले निर्णय गरेको छ ।

गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको थियो । पछिल्लोपटक महासंघको कार्यकारिणी समिति बैठकले साउन २६ र २७ गते राजधानीमा गर्ने निर्णय गरेको थियो ।

महासंघले २६ र २७ गते साधारण सभा गर्ने मिति तय गर्दै स्वीकृतीका उच्च स्तरीय समितिलाई पत्राचार पनि गरेको थियो । तर, उच्चस्तरीय समितिले त्यसबारे कुनै जानकारी महासंघलाई हालसम्म नगराएको जनाएको महासंघले जनाएको छ ।