मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि भारी वर्षाको सम्भावना

आज पनि भारी वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको   सम्भावना  रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागले भारी वर्षा र मौसममा आउने बदलीका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै यसतर्फ सचेत हुन भनेको छ । 

विभागका अनुसार आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै आज राति प्रदेश १, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।