मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुरामको प्रस्ताव – केपी ओलीलाई बिदा गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ

बाबुरामको प्रस्ताव – केपी ओलीलाई बिदा गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ


काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधीलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोेग लगाउनुपर्ने बताएका छन्।

सर्वोच्च अदालतको फैसलाले रन्जन कोइराला छुटेको भोलिपल्ट ट्विट गर्दै भट्टराईले भनेका छन्,

देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं

१) संसद अधिवेशन बोलाऊँ
२ केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं
३) अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ
४) भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं
५) प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ