मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकमा मास्क नलगाउने १८ जना कारबाहीमा परे

विनायकमा मास्क नलगाउने १८ जना कारबाहीमा परे


माधव तिमिल्सैना, अछाम ।

विनायक प्रहरीले मास्क नलगाई हिँडडुल गर्नेलाई कार्वाही गर्न सुरु गरेको छ । बिहिबार सम्झाई बुझाई सबैलाई माफी दिदै छोडेको प्रहरीले आजबाट कार्बाही सुरु गरेको हो ।

शुक्रबार मात्र प्रहरीले मास्क नलगाई हिडडुल गर्ने १८ जनालाई एक सय रुपैया जरिवाना गरेको ईलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायब निरिक्षक विर बहादुर भुलले जानकारी दिए । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यो अभियानको सुरुवात गरिएको प्रहरी नायब निरिक्षक भुलले बताए। १८ जनालाई नै सम्झाईै बुझाई गरिएको उनको भनाई छ ।

मास्क लगाउनका लागि केही दिनपछि बजार क्षेत्रमा माईकिंग समेत गरिने प्रहरीले जनाएको छ । लकडाउन खुलेको अवस्था भएपनि कोरोनाको जोखिम कायमै रहेकाले अनावश्यक रुपमा हिड्डुल नगर्न प्रहरीले अपिल समेत गरेको छ ।

साथै घर बाहिर निष्किदा मास्कको अनिवार्य प्रयोग गर्न र यदि मास्कको प्रयोग नगर्ने जोकोहिलाई पनि कारबाहि गर्ने प्रहरी नायब निरिक्षक विर बहादुर भुलले जानकारी दिनुभयो । संक्रामक रोग ऐन २०२० संसोधित २०७५ अनुसार कानुनको उलंघन गरेको पाईएमा १ महिना कैद , १ सय रुपैयाँ जरीवाना वा दुबै सजाय हुने उल्लेख छ ।

सोही कानुनको अधिनमा रहि कारबाही गरिएको ईलाका प्रहरी कार्यालय विनायकले जनाएको छ। कोरोनाको संक्रमण दर बढ्दै गइरहेकाले यसको जोखिमलाई ध्यान दिदै गृहमन्त्रालयको आदेश अनुसार जिल्ला प्रशासन कार्यालय अछाममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले मास्क नलगाई हिड्नेलाई कारबाही गर्ने निणर्य गरेको थियो ।