अछाम ।
कमलबजारमा फलेको भुइ स्याउले बजार नपाए पछि किसान मारमा परेका छन । लामो समयको बन्दाबन्दीले बारीमा उत्पादन भएको भुइ स्याउ लकडाउनले बजार सम्म पुग्न नपाउदा बारीमै सखाप भए पछि किसान मर्कामा परेका हुन ।
कमलबजार नगरपालिका वडा न ५ का अगुवा कृषक धर्मप्रसाद ढकालले ३ रोपनीमा गत बर्ष मात्रै ५० हजार बराबरका भुइ स्याउ लगाए तर लामो समय बजार बन्दका कारण मुल्य राम्रै भएपनि सबै माटोमै सकिए । २५० प्रति केजि मा बिक्रि हुने भुइ स्याउ कैलाली लगाएत अन्य ठाउमा माग भएपनि यातायातका साधन सञ्चालन हुन नसक्दा पठाउन नसकिएको कृषक ढकालले गुनासो गरे ।
उनका अनुसार प्रतिकिलो १ हजार पर्ने बिउ १० कुइन्टल तयार पारीएको भएपनि बिक्रिबितरण नहुदा सडेर खेर गएको हो ।गतबर्ष ५० हजारमा किनेको बिउ सहित करिब १४ लाख क्षति भएको ढकालको भनाइ छ । भ्ुाइ स्याउको महत्व नबुझेका कृषी प्राविधिकहरुले बिक्रीवितरणमा समस्या भएको बताउने गरेका छन ।
कमलबजार नगरपालिका कृषि साखा प्रमुख सुनिल कुवरका अनुसार आगामी दिनमा यस फलबारे जनस्तरमा प्रचार प्रसार गरी यसको महत्व र बिक्रि बितरणमा सहयोग गरीने समेत बताउनु भयो ।
प्रतिक्रिया